चितवन, चैत्र ८ । चितवनका साना तथा मझौला यातायात व्यवसायी आन्दोलित बनेका छन्। संघ चितवनले शनिवार देखि ६/७ वटा जिल्लामा कृषिजन्य लगाएत अन्य सामग्री ढुवानी गर्ने बोलेरो गाडी ठप्प पारि आन्दोलित बनेका हुन्। अत्यावश्यक बाहेक सबै सेवा बन्दगरी रत्ननगरको टिकौली चौरमा बोलेरो गाडी थन्काई बन्द गरेको साना तथा मझौला यातायात व्यवसायी संघ चितवनका अध्यक्ष खगेश्वर पाण्डेले जानकारी दिए।
गाडी भाडा वृद्धिको माग गर्दै व्यावसायी आन्दोलनमा उत्रिएका हुन्। पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुदा समेत गाडी भाडा नबढ्दा व्यावसायी मर्कामा परेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अध्यक्ष पाण्डेले बताए। अहिले चितवन देखि काठमाडौं सम्म रु साढे ९ हजारमा तरकारी तथा फलफुल ढुवानी गर्दै आएकोमा अब भाडा वृद्धि गरी रु १२ हजार पुर्याउनुपर्ने उनको माग छ। यस्तै, जरिवानाका नाममा ट्राफिक प्रहरीले समेत साना तथा मझौला यातायात व्यवसायीलाई पटक पटक दुःख दिने गरेको बताए।
उपभोक्ताहरुले कृषि उपजका सामान अन्लाईबाट ५/१० किलो खरिद गर्दा पनि बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले त्यसो समेत बिल मागेर दुःख दिने गरेको अध्यक्ष पाण्डेले सुनाए।

ट्राफिक नियम अनुसार ११ क्वीन्टल समान बोक्नुपर्ने हो तर त्यसमा १/२ किलो बढि सामान भएमा पनि जरिवाना तिराउने गरेको बोलेरो
चालक रहिश अन्सारीले बताए। ‘११ क्वीन्टलबाट २५ क्वीन्टल सामान बोक्न पाउनुपर्ने हाम्रो माग हो उनले भने।’
सामान ओभरलोडमा ट्राफिक प्रहरीले जरिवाना तिराउदा, जरिवना तिर्दापनि तरकारी तथा फलफुल लोड गरेको गाडी ट्राफिक प्रहरीले एक दिन नियन्त्रणमा लिदा व्यवसायीहरुले धेरै नोक्सान बेहोर्नु परेको अर्का बलेरो चालक बासिम अक्रमले बताए ।


मागबारे (भोली) सोमवार जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी संमक्ष यातायात व्यवसायीले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।
चितवन, मकवानपुर, नवलपुर, धादिङ, तनहुँ, लम्जुङ लगाएतका छिमेकी जिल्लाहरुबाट सञ्चालित बलेरो गाडीका चालकहरु आन्दोलनमा उत्रिएका छन्। चितवन जिल्लामा अहिले ८० वटा बोलेरो गाडी सञ्चालनमा छन्।


























