काठमाडौं, चैत्र ८ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए। विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए।
ओलीले मन्त्रिपरिषदसमेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उनले बताए। खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाए। उनले संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको बताए।
Facebook Comments


























