चितवन,चैत्र ६ । मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। आफू कार्यरत रहँदा मालपोत कार्यालय चितवनको राष्ट्रिय वाणिज्य बैंक राजस्व दाखिला फारमको भौचर छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ने गरेको आरोपमा उनलाई चितवन जिल्ला अदालतले थुनामा पठाएको हो।
दर्जीमाथि आर्थिक वर्ष २०७३/२०७४ र २०७४/२०७५ मा आफू कार्यरत रहँदा सहीछापसमेत कीर्ते गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा २०७७ चैत ६ गतेको आदेशानुसार भरतपुर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
राजस्व हिनामिना गरेर फरार रहेका दर्जी लामो समयपछि केही दिनअघि मात्रै काठमाडाैँबाट पक्राउ परेका थिए।
Facebook Comments


























