काठमाडौं, चैत्र ६ । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन्। महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन्। प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।
अधिवक्ता बडाल नेपाल नेपाल बार एसोसिएसनको उपाध्यक्षमा पराजित भएका उम्मेदवार हुन्। श्रमका मुद्दामा धेरै वकालत गरेका बडालले प्रतिनिधिसभा विघटनको मुद्दाको पक्षमा बहस गरेका थिए।
एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को उपाध्यक्षसमेत बनिसकेका बडाले पत्रकारका मुद्दामा समेत बहस गरेका छन्।


























