सिरहा, चैत्र १ । सिरहाको मालपोत कार्यलयमा बम विस्फोट भएको छ। सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिप राज भण्डारी जानकारी दिएका छन्।
प्रहरी उपरीक्षक राज भण्डारीका अनुसार उनका अनुसार विस्फोटमा परी कम्तिमा ६ जना घाइते भएका छन्। यसमध्ये एक जना गम्भीर घाइते छन्। एकजना मध्यम र ४ जना सामान्य घाइते भएका छन्। अहिले प्रहरीको टोली घटनास्थलमा रहेको र थप विवरण आउन बाँकी रहेको राज भण्डारीले जानकारी दिएका छन्।
Facebook Comments


























