काठमाडौं, फागुन २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपाको प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध उजुरी दिने भएकी छन्।
नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा भोलि (मंगलबार) उजुरी दिन लागेकी हुन्। नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन्।
यसअघि गत फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाएका थिए।
Facebook Comments


























