काठमाडौं, फागुन २३ । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसद् सचिवालयले दर्ता गरेको छ। निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले यसअघि दर्ता गर्न मानेको थिएन।
लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो।