काठमाडौं, फागुन २१ । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय सभागृहमा जारी हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सहमतिलाई आफूहरुले पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैको भड्काउमा नलाग्ने बताए।
उनले भने, ‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ। सहमतिलाई हामी पालना गर्छौं।’
सम्बोधनका क्रममा उनी शहीदलाई सम्झिएर भावुक पनि बने। शहीदको सपनालाई मर्न नदिने प्रतिबद्धता जनाए। मुलुकमा धेरै परिवर्तनका लागि नेपाल आफ्ना थुप्रै सन्तानले बलिदान दिएको बताए।
Facebook Comments


























