काठमाडौं, फागुन २०। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ।
पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ। कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ।
नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएको छ।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







