चितवन, फागुन १८ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपासँग वार्ता गर्न २ सदस्यीय टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन्।
सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोलीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता गर्ने उनले बताए।
सरकारले वार्ता टोली बनाए पनि विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छैन। आपराधिक क्रियाकलापमा सहभागी भएको भन्दै सरकारले २०७५ साल चैत्र २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो।

Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










