चितवन, फागुन १० । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ। उनको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको परिवारले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान साढे ८ बजे देखि साढे ९ बजे सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ।
Facebook Comments


























