काठमाडौँ, फागुन ८ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन्। काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै पोखरेलले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे।
राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ। उनले भने, “चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्। जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्। यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ। ”
निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।
Facebook Comments


























