ललितपुर । चितवनकाे रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै महानगर प्रमुख महर्जनले फाउण्डेशनकाे पहलमा निर्माण हुँदै गरेकाे रङ्गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वाससमेत व्यक्त गरे।
फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए। ‘आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएका छाैं,’ उनले भने, ‘यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयभित्र काम सम्पन्न हुनेछ।’ २२ विधाका खेल खेल्न सकिने गरी निर्माण हुँदै गरेकाे रङ्गशालामा ७७ जिल्लाका नाममा फरकफरक कक्ष निर्माण हुनेछ, जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ। – रासस
Facebook Comments


























