काठमाडौं, माघ ३० । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उडेका छन्।
पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए। उनले भने, उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ।’ उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुने भट्टराईको भनाइ छ।
केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ। खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







