काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताएकी छन्। प्रचण्ड(नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रतिगमनविरुद्ध वोल्न पाउने अधिकार संबिधानले सुनिश्चित गरेको बताउदै बोल्न पाउने अधिकारलाई खोस्न नसक्ने बताएकी छन्।
नेतृ झाँक्रीले हिजो गणतन्त्रको आन्दोलन हुँदा अहिले उनले केपी ओली कागजी बादशाह भएको बताउदै अब उनी ढलिसकेको बताएकी छन्। ओलीले आफ्नो अन्त्य हुदै गर्दा आफ्ना सालिक बनाउदै हिडेको आरोप लगाउदै अब ओलीको अन्त्य निश्चित भएको बताइन्।
नेतृ झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको हरेक कदममा समर्थन गर्दै आफ्नो भूमिका बिर्सेर तानाशाह बन्दै गरेका प्रधानमन्त्रीलाई सहयोग गरेको आरोप लगाएकी छन्। उनले आफुले राष्ट्रपति पदप्रति उच्च सम्मान रहेको बताउदै आफुले व्यक्तिको कामको विरोध गरेको र गरिरहने बताइन्। नेतृ झाँकीले ओली प्रवृतिविरुद्ध आफ्नो लडाई भएको भन्दै आफ्ना नेताहरु प्रचण्ड र नेपाललाई ओली प्रवृतिको अन्त्य गर्ने घोषणा गर्न आग्रह गरेकी छन्।


























