चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ। निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाइ सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा गलेको अवस्थामा मृत गैँडा भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो। यो सँगै चालु आव २०७७/०७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए। पछिल्लो गैँडा गणनाअनुसार नेपालमा ६४५ वटा गैँडा रहेकोमा चितवनमा ६०५ वटा गैँडा पाइएको थियो।
Facebook Comments

























