काठमाडौं, माघ २३ । उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन्। नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए।
नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए। उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए।
Facebook Comments


























