काठमाडौं, माघ २३ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ।
सरकारले आज (शुक्रवार) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो। त्यस्तै आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
Facebook Comments


























