काठमाडौं, माघ २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको शक्ति प्रदर्शनलाई पञ्चर्यालीको संज्ञा दिएका छन्।
अहिले ओलीको प्रतिगमन कदमको विरोधमा सबै सडकमा रहेको बताए। अहिलेको यो अबस्थामा अबसरवादीहरु ओली तर्फ लागेको बताए। आफूले समृद्धिका लागि पार्टी एकता गरेको तर ओली प्रवृत्तिलाई चिन्न नसकेको दाहालको भनाई छ। नेकपा अध्यक्ष दाहालले आफूहरु स्वेतपत्रको तयारीमा रहेको र परिवर्तनको रक्षाको लागि जस्तोसुकै त्याग गर्न तयार भएको बताए।
प्रचण्डले आफू एमसीसीको समर्थनमा पुगको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्। उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको समेत बताए।
पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि प्रचण्डले रोकेका थिए।
‘स्वेतपत्र ल्याउने तयारीमा छौं‘
पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरू स्वेतपत्रको तयारीमा रहेको बताएका छन्। अध्यक्ष प्रचण्डले अहिले भएको विषयलाई इतिहासमा समावेश गराउनुपर्ने भन्दै स्वेतपत्र ल्याउने तयारीमा आफूहरू रहेको बताएका हुन्।
‘हामी स्वेतपत्रको तयारीमा छौँ। भएको के हो ? भन्ने कुरा इतिहासमा दर्ज गराउनुपर्छ। त्यसैले अब हामी स्वेतपत्र ल्याउँछौं‚’ राजनीतिक स्थायित्वका लागि आफू नै प्रस्तावक बनेर पार्टी एकता गरेको भन्दै उनले भने‚ ‘पार्टी एकताको प्रस्तावक म नै हुँ। त्यो राजनीतिक स्थायित्वका लागि थियो। हामीले आफूलाई पनि समीक्षा गर्नुपर्नेछ। ओलीको प्रवृत्ति पहिल्यै देखिएको थियो। तर समयमै किन रोक्न सकिएन भनेर समीक्षा गर्छौं।’
‘हामीहरू सत्यको पक्षमा छौं। अहिले प्रतिगमन भएको हो। यो पार्टीको आन्तरिक विषय होइन। त्यसरी बुझ्न भएन‚’ उनले भने।


























