काठमाडौं, माघ २३ । नेकपा अध्यक्ष माधवकुमार नेपालले हिजोको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन्।
‘हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थी को लागि पीडा भयो, यो सबको कारण केपी ओली हुन्,’ नेकपा अध्यक्ष नेपालले भने, हिजो को बन्दले नयाँ सन्देश दिएको छ।’
हिजोको हड्ताल उनले (केपी ओली) ले जे भन्यो त्यो खुरुखुरु मान्छन् भन्ने कुराको बिरुद्ध भएको नेपालले बताए। ‘अहिलेको अबस्थामा चोईटिएर गएकोको केही अधिकार छैन, नेपालले भने ‘हामी सबै ठाउँमा बहुमत छौ। केन्द्रीय कमिटी दुईतिहाइ छौ।’
उनले चेतावनी दिदै भने ‘नेकपामा आँखा लगाउन पाइदैन। बालकोट गएर बनाए भयो बा को गणेश प्रवृति अपनाए भयो।’ नेपालले अहिलेको यो लडाइँ व्यक्तको नभई विचारको लडाइँ भएको बताए।
ओलीले रिङरोडमा सेनालाई परेड खेलाउँदैमा कोही नडराउने उनले बताए। हिजोको आमहड्तालमा जनकपुरमा गोलि हानेको र नुवाकोटमा पनि प्रहरी हिंसा भएको बताए।


























