काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगलीराज शुरु गरेको बताएका छन्। बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलराजको सुरु भएको आभास भएको बताएका हुन्।
‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे। तरपनि हामी त जनताकै घरदैलोमा थियौ तर आज ओली नेतृत्वको सरकारचाही जंगली राजमा चलेको छ’, प्रचण्डको भनाई छ।
Facebook Comments


























