कैलाली, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधसभा विघटनको विरोधमा आज कैलालीको धनगढीमा विरोध प्रदर्शन गरेको छ।
सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललगायतका नेताले सम्बोधन गर्दैछन्। भेला अगाडि धनगढीमा व्यापक जनप्रदर्शनसमेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड-माधव समूहले चरणबद्ध सडक आन्दोलन गरिरहेको छ।
Facebook Comments


























