चितवन, माघ १३ । भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले तीन पुस्ते भूमीहिन सुकुमबासीले लालपुर्जा पाउने बताएकाछन्।
केपी शर्मा ओली पक्षीय (नेकपा) र राष्ट्रिय युवा संघले आज (मंगलबार) कालिका नगरपालिका ८ को गैरीबारीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ज्ञवालीले १० वर्षभन्दा पहिले देखि जंगल नभएको स्थानमा जग्गा उपभोग गर्दै आएको व्यक्तिलाई आयोगबाट लालपुर्जा वितरणको काम अगाडी बढिसकेको बताए।
नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने समेत उनले बताए। अब आयोगले यहाँका नागरिकको समस्या समाधान गर्ने बताए।
उनले सुकुमबासीहरुको बस्ती बसाल्दा बाढी, पहिरो, नदीकटान जस्ता जोखिम नहुने स्थानमा बस्ती बसाल्ने बताए। ७५३ स्थानीय तहमध्ये ४५० वटा स्थानीय तहमा सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु भइसकेको बताउँदै पालिकाहरुले बास्तविक सुकुम्वासीहरुको तथ्याङ्क संकलन गरिरहेको जानकारी दिए।


























