काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मैले शासन आफ्नो हातमा नलिएको भन्दै आफु तानाशाह नभएको बताएका छन्। अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाए। प्रधानमन्त्री ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको भन्दै आफुले शासन आफ्नो हातमा नलिएको बताए। अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गरेका छन्।
Facebook Comments

























