काठमाडौं, माघ ९ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ आइतबारका लागि ;हेर्दाहेर्दै’मा राखिएको छ। संवैधानिक इजलामा भएको बहस पूरा नभएपछि आइतबार लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो।
शुक्रबार बहस हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस गर्ने वकिलहरु धेरै भएकाले छोटो बहस गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘हामी २ महिनासम्म बहस गर्न परे पनि दिन तयार छौं, तर कति लम्ब्याउने भन्ने तपाईंहरुको कुरा हो, छोटो–छोटो बहस गर्नुहोला।’
गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ।
Facebook Comments


























