काठमाडौं, माघ ५ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो।
अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन्। आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए। संसद विघटनको मुद्दामा आइतबार न्यायाधीश र वकिलबीच सवाल जवाफ भएको थियो। सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन्।
Facebook Comments


























