चितवन, माघ ३ । नेपाली काँग्रेसले आज (शनिवार) देशभर गर्न लागेको विरोध प्रदर्शनका क्रममा चितवनका सात स्थानीय तहमा पनि बृहत कार्यक्रमहरु गर्ने भएको छ। काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो।
काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। श्रेष्ठका अनुसार पौडेलले भरतपुर महानगरपालिकाको बिरोध सभालाई सम्बोधन गर्दै छन्। दिउँसो १ वजे शारदानगरमा हुने बिरोध सभामा पौडेल र संग्रौलाले सम्बोधन गर्दैछन्।
राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्दै छन्। भण्डारामा ११ वजे र रत्ननगरमा दिउँसो १ वजे बिरोधसभा हुँदैछ। यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ वजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ वजे, माडीको बसन्तपुरमा साढे १२ बजे र ईच्छाकामनाको मुग्लिन बजारमा साढे १२ वजे बिरोध प्रदर्शन संगै सभा हुँदैछ। ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले संसद विघटन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो।


























