धनगढी, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाकै अर्को समूहका नेताद्वय प्रचण्ड र माधव कुमार नेपाललाई भगौडाको संज्ञा दिएका छन्। कैलालीको धनगढी सुदूरपश्चिमस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई कटाक्ष गर्दै भगौडाको संज्ञा दिएका हुन्।
‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला। केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन्। उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने।
भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए।
‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने। मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने। उहाँलाई पिर पर्यो’, ओलीले भने।


























