पुस १९ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले दिएको जानकारी अनुसार यो साता नेपालमा थप तीन नेपालीको मृत्यु भएको हो।
एनआरएनका अनुसार युकेमा १ र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हो। योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १५ पुगेको छ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन्।