काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन्।
आफ्नो समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले अहिले ओली नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने अभ्यासमा जुटेको बताए। उनले भने, ‘केपी ओली गणतन्त्र र संघीयता विरोधी हो। उहाँ अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै हुनुहुन्छ। कुनदिन कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्नुहुनेछ।’
ओलीसँगको सम्बन्ध एकदुई वर्षको नभई ४९ वर्षको रहेको भन्दै नेता नेपालले ओलीलाई नजिकबाट चिनेको बताए। उनले भने, ‘ओलीलाई बैठक छलफलसँग एलर्जी छ। त्यो भनेको तानाशाही प्रवृत्ति हो। उहाँलाई मनपर्ने एकटै शब्द केपी बा हो। जसले केपी बा भन्दै उहाँप्रति समर्पित हुन्छ त्यो मात्र उहाँको नजिक हुन्छ।’ नेता नेपालले नेकपा आफूहरुको हुने बताए।


























