काठमाडौं, पुस ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको थियो। सो बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने अनौपचारिक सहमति गर्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो।
Facebook Comments


























