काठमाडौं, पुस ८ । संसद विघटनविरुद्ध परेको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ। रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेको मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, टीकाराम भट्टराई, गोविन्द बन्दी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए।
Facebook Comments


























