काठमाडौं ७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको नेतृत्वमा फर्किएका छन्। नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गर्दै नेपाललाई १२ वर्षपछि पार्टी नेतृत्वमा फर्काएका हुन्। यसअघि नेपाल २०६५ साल फागुनसम्म तत्कालीन नेकपा एमालेको महासचिवको रुपमा नेतृत्वमा रहेका थिए।
त्यसबेलाको एमालेको आठौँ महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा चयन गरेको थियो। यसअघि नेपाल २०६५ साल फागुनसम्म तत्कालीन नेकपा एमालेको महासचिवको रुपमा नेतृत्वमा रहेका थिए। आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो।
Facebook Comments


























