काठमाडौं, पुस ६ । संसद विघटन असंवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कञ्चनकृष्ण घिमिरेले संसद विघटनविरुद्ध दायर गरेको रिट केहीबेरअघि दर्ता भएको हो। आइतबार संसद् विघटन गरिएको थियो। सो रिटको नियमित इजलाशमा सुनुवाई हुने गरि पुस ८ गतेका लागि पेशी तोकिएको निवेदक अधिवक्ता घिमिरेले जानकारी दिए।
रिटमा राष्ट्रपतिले संसद पिवघटन गर्दा आधार मानेका संविधानका धाराहरुमा प्रश्न उठाइएको छ। त्यस्तै, अन्य अधिवक्ताहरुले दिएको रिट पनि दर्ताको प्रक्रियामा छ।
Facebook Comments


























