काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै आमचुनावको प्रस्तावसमेत गरेका छन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर निर्वाचनबारे प्रस्ताव राखेका हुन्।
२०७८ वैशाख २३ वा वैशाखभित्रै आम चुनाव गर्ने प्रस्ताव राष्ट्रपति समक्ष प्रधानमन्त्रीले राखेका छन्। बहुमतप्राप्त प्रधानमन्त्रीले पार्टीभित्रैका नेताहरुको चुपेवामा परेपछि यस्तो कदम चालेको बताइन्छ। मंसिर ३० मा मात्र प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए। उक्त अध्यादेश फिर्ता गर्ने निर्णय भए पनि फिर्ता भने भइसकेको छैन।
Facebook Comments


























