चितवन, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय खेदजनक भएको बताएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकमार्फत संसद् विघटनको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता परियारले प्रधानमन्त्रीको उक्त कदम खेदजनक भएको बताएका हुन्।
प्रधानमन्त्रीको यो कदमले लोकतन्त्रमाथि नै प्रहार गरेकाले अझै पनि पार्टीमा आवश्यक छलफल गरेर अघि बढ्ने उनले बताए। प्रधानमन्त्रीले यो सिफारिस तत्काल फिर्ता गर्नुपर्नेमा उनले जोड दिएका छन्।
Facebook Comments


























