काठमाडौँ, पुस १ । नेकपाको केन्द्रीय समिति बैठक पुस १० का लागि सारिएको छ। बुधबारको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक ५ दिन पछि सार्ने निर्णय गरेको हो। यस्तै सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
Facebook Comments


























