काठमाडौं, पुस १ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुरु भएको छ। केही समयअघिसम्म एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।
कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीको भेटपछि अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक शुरु भएको हो। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन। ओली र प्रचण्डबीच छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन् चुलिएको थियो। त्यसपछि ओली र दाहालबीच भेटवार्ता भएको थियो। यता ओलीले हिजो जारी गरेको अध्यादेश फिर्ता लिन सहमति जनाएका छन्।


























