चितवन, मंंसिर ३० । रत्ननगर उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको चुनाबमा एसोसिएट उपाध्यक्षमा राममणी थपलिया बिजयी भएका छन्।
आज (मंगलबार) एसोसिएट तर्फको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रेस सहित दलको प्यानलका हरि प्रसाद अधिकारीलाई पराजित गर्दै थपलिया उपाध्यक्षमा बिजयी भएका हुन्। थपलियाले ६६ मत प्राप्त गर्दा अधिकारीले ५३ मत ल्याए।
सो पदका लागि १२० मत खसेकोमा १ मत बदर भएको थियो। यस अघि एसोसिएट सदस्य २ जना निर्बिरोध भइसकेका थिए। अन्य पदको मत गणना चलिरहेको छ।
Facebook Comments


























