काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले जनायो। लामो समयदेखी लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी रिक्त छन्।
‘प्रधानमन्त्रीले आइतबार ९ बजे संवैधानिक परिषद्को बैठक डाक्नुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘‘संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेन्डासहित बैठक बोलाइएको हो।’
Facebook Comments


























