मंसिर २२ । मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ। यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ। यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ।
मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन्। जुन पेटका लागि फाइदाजनक हुन्छ।
मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ। यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन। पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ। सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ। यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ।
यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ। यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ। यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ। एजेन्सी
























