आलु–तामा भनेपछि मुख नरसाउने को होला ? बाँसको तामा स्वादका हिसाबले जति मीठो हुन्छ, यो स्वस्थ्यका लागि पनि उत्तिकै लाभदायक छ। बजारमा केतुकेलगायत विभिन्न वनस्पतिका तामा पाइए पनि बाँसको तामाको सिजन भनेको वर्षयाम नै हो। त्यही तामा मानिसको स्वास्थ्का लागि कत्तिको फाइदाजनक छ हेरौँ :
-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ।
-तामामा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
-तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम कम हुन्छ।
-ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम हुन्छ।
-पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्छ।
-पाचन प्रक्रियामा तामाले राम्रो फाइदा दिन्छ।
-रक्तचाप नियन्त्रणमा राख्न भूमिका खेल्छ।
-गर्भवती महिलालाई आठ महिनापछि तामा खुवाउनाले बच्चा समयमा जन्मिन्छ।
-तामा खाएमा मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ।
-फोक्सोसम्बन्धी रोगमा तामा लाभदायक छ।
-कोलस्ट्रोल सन्तुलनमा राख्न मद्दत गर्छ।
-दमलगायत श्वासप्रश्वासका रोगीलाई तामा खुवाउँदा रोग निको हुन्छ।
-विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी छ।
























