काठमाडौं, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेकाछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिएका थिए। नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ। रासस
Facebook Comments


























