चितवन, मंसिर १२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नगरिएको स्पष्ट पारेको छ। बिहीबार देशभर भएको फिजिक्स विषयको परीक्षा रद्द भई मंसिर १७ मा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा सूचना तथा समाचार सम्प्रेषण भएको थियो।
बोर्डले यस्तो कुनै पनि निर्णय नगरिएको स्पष्ट पार्दै भ्रमपूर्ण सूचना तथा समाचारको विश्वास नगर्न भनेको छ। कक्षा १२ को परीक्षा तथा व्यवस्थापनबारे कुनै निर्णय भएमा बोर्डको आधिकारिक वेबसाइटमा राखिने समेत जनाइएको छ।
सामाजिक सञ्जालमा बिहीबारको फिजिक्स विषयको प्रश्नपत्र बुधबार बेलुका नै लिक भएको समेत हल्ला फिँजाइएको थियो।
Facebook Comments


























