चितवन, मंसिर ११ । त्रिशुली नदीमा पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ। नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के।सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए। १५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए।
प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना( ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको थियो।
उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन्। भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन्। रोक्काको अवस्था अहिले सामान्य रहेको छ। उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ।
























