काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुृर देउवा संग भेटवार्ता गरेकाछन्। शनिबार दिउँसो भएको भेटमा रिक्त रहेको संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिका बारेमा छलफल हुनुका साथै नेकपा भित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारेमा पनि दुई नेता बीच कुरा भएको जनाईएको छ। सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ।
नेता रमेश लेखकलाई लिएर बालुवाटार पुगेका नेता देउवाले प्रधानमन्त्री ओली संग करिब डेढ घण्टा जति छलफल गरेका थिए। दुई शिर्षतहमा छलफल पछि दुईनेताले संवैधानिक निकायमा पदाधिकारी नियुक्त तथा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न जिम्मा दिएका छन्।
हाल विभिन्न संवैधानीक निकायमा ४८ पद रिक्त रहेको छ भने अधिकासं विश्वबिद्यालयमा उपकुलपति सहित पदाधिकारी रिक्त रहेको छ। साथै प्रधानमन्त्री ओलीले पार्टी भित्र बाटआफुलाई असहयोग भएको भन्दै परिस्थिती फेरिएमा सहयोग गर्न देउवासंग आग्रह समेत गरेको जनाईएको छ।


























