काठमाडौं, कार्तिक २९ । पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ५०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६३२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ। आज देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २१५ पुगेको छ।
Facebook Comments


























