कार्तिक २० । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न जो बाइडेनलाई अब ६ इलेक्टोरल मत ल्याए पर्याप्त हुने भएको छ। चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत पुर्याउन डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई अब ६ मत मात्र बाँकी रहेको आवश्यकता पर्छ।
६ इलेक्टोरल मत रहेको नोभाडामा अग्रता लिइरहेका बाइडेनले यसमा जित निकाले राष्ट्रपति बन्ने निश्चित छ। नोभाडा डेमोक्र्याटिक पार्टीको पकड राज्य भएकाले यो राज्यमा उनले नै जित्ने आकलन गरिएको छ। यहाँ जितेमा उनको पक्षमा २७० इलेक्टोरल मत पुग्नेछ। त्यस्तै बाइडेनले पेन्सिलभेनियामा पनि जितेमा उनको पक्षमा २९० इलेक्टोरल मत पुग्नेछ। एजेन्सी
Facebook Comments


























