चितवन, कार्तिक १० । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक ८ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए। ती पुरुष उच्च रक्तचाप, दम तथा मधुमेहबाट समेत ग्रसित थिए। उनलाई कोभिड आईसीयू कक्ष भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले बताए।
Facebook Comments


























