चितवन, कार्तिक ५ । चितवनमा बुधबार थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय पुरुषको आज अपरान्ह पौने ५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
असोज २३ गते ज्वरो र निमोनिया भएर उनी अस्पताल भर्ना भएका थिए। उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको क्यान्सर रोगको समेत उपचार भइरहेको थियो। कोभिड भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























